NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा अष्टमी - २३

बोस्ट बक्स सेवा

हुलाक मञ्जुषा (पोष्ट वक्स) सेवा

हुलाक वस्तुहरुको छिटो छरितो, सुविधायुक्त र भरपर्दो वितरणका लागि हुलाक कार्यालहरुले हुलाक मञ्जुषा (पोष्ट वक्स) सेवा सञ्चालन गर्दै आइरहेका छन् । यो व्यवस्था अन्तर्गत हुलाक कार्यालयको परिसरमा हुलाक मञ्जुषाहरु राखी कुनै नम्बरको मञ्जुषा ग्राहकलाई उपलब्ध गराउने गरिन्छ । उक्त मञ्जुषाहरुमा रजिष्ट्री नभएका महशुल तिरिसकेका हुलाक वस्तुहरु र रजिष्ट्री, पुलिन्दा र ठूलो साइजका हुलाक वस्तुहरु प्राप्त भएको सूचना राखी ग्राहकहरुलाई आफ्नो हुलाक वस्तुहरु सजिलै प्राव्त गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ । हुलाक नियमावली, 2020 को नियम 63 ले हुलाक कार्यालयहरुले सुविधायुक्त वितरणका लागि हुलाक मञ्जुषा (पोष्ट बक्स) सेवा सञ्चालन गर्न सक्ने व्यवस्थालाई सुनिश्चित गरेको छ ।

यस जिल्ला हुलाक कार्यालय तथा यस हुलाक कार्यालय मातहतको इलाका हुलाक कार्यालय रत्ननगरबाट प्रदान हुने पोष्ट बक्स सेवा प्राप्त गर्न इच्छुक व्यक्ति, संस्था, सरकारी कार्यालयहरु र विदेशी नागरिकले तपशिल बमोजिमको शर्त तथा प्रक्रिया पुरा गरी नयाँ पोष्ट बक्स दर्ता गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ ।

तपशिल:

साइज

शुल्क रु.

धरौटी रकम रु.

सानो साइज

760

1500

पोष्ट बक्स दर्ता सम्बन्धी प्रक्रिया/आवश्यक कागजातहरु :

व्यक्तिको हकमा

संस्थाको हकमा

सरकारी कार्यालयको हकमा

लाग्ने शुल्क

नागरिकता प्रमाणपत्रको प्रतिलिपी

संस्थाको पत्र, संस्थाको PAN नं. प्रतिलिपी, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी

कार्यालयको पत्र

नेपाल सरकारले तोके बमोजिम वार्षिक शुल्क र धरौटी रकम

पोष्ट बक्स नविकरण सम्बन्धि प्रक्रिया/आवश्यक कागजातहरु :

यस जिल्ला हुलाक कार्यालय तथा यस हुलाक कार्यालय मातहतको इलाका हुलाक कार्यालय रत्ननगरबाट प्रदान हुने पोष्ट बक्स सेवा प्राप्त व्यक्ति, संस्था, सरकारी कार्यालयहरु र विदेशी नागरिकले तपशिल बमोजिमको शर्त तथा प्रक्रिया पुरा गरी पोष्ट बक्स नविकरण गर्न सकिन्छ ।

तपशिल :

पोष्ट बक्स नविकरण शुल्क ने.रु.मा

आकार

साउनको लागि

विलम्व जरिवाना सहित शुल्क

भदौ र असोज

कार्तिक, मंसिर र पुष

माघ, फागुन र चैत्र

बैशाख, जेठ र असार

सानो आकारको

750

937.50

1125

1312.50

1500

पोष्ट बक्स बन्द गर्ने प्रक्रिया तथा आवश्यक कागजातहरु :

व्यक्तिको लागि

संस्थाको लागि

सरकारी कार्यालयको लागि

पोष्ट बक्स बन्दको निवेदन

नागरिकताको प्रतिलिपी

पोष्ट बक्सको साँचो

नविकरण कार्ड

संस्थाको पत्र

संस्थाको PAN

संस्था दर्ता प्रमाणपत्र

नविकरण कार्ड

पोष्ट बक्सको साँचो

कार्यालयको पत्र

नविकरण कार्ड

पोष्ट बक्सको साँचो